काठमाडौं । वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ ।
शुक्रबार राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो ।
वीरमा बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुने भएकोले ८ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको हो ।
हाल बिहान ९ देखि ५ बजेसम्म कायम अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ ।
आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको थियो ।
प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्ने जनाइएको छ ।