• शुक्रबार, भाद्र १९ २०८३

काेराेनाबाट दैलेखमा एक जनाकाे मृत्यु, मृतककाे संख्या ७ पुग्याे


शनिबार, जेष्ठ १७ २०७७
915
Shares

दैलेख । कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका –७ स्थित क्वारेन्टिनमा शनिबार बिहान मृत्यु एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पुष्टि गरे।

उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने बताए। हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। 

मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका थिए।

दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय ती पुरुषको स्वाव संकलन भने दुई दिनअघि नै गरेपनि शनिबार साँझमात्रै रिपोर्ट आएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार