• शनिबार, साउन ९ २०८३

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाउने


आइतबार, असार २४ २०८०
1.2K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउदो वर्ष देखि सेतो कोट दिवस मनाउने बताएका छन् ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. भोला रिजालले लेख्नु भएको पुस्तक सेतो कोटको राजधानीमा शनिबार विमोचन गर्दै मन्त्री बस्नेतले आउदो वर्षदेखि मन्त्रालयले चिकित्सा क्षेत्रमा कार्यरत सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने बताएका हुन ।

विश्वका अधिकांश देशका चिकित्सकहरुको सम्मानमा सेतो कोट दिवस मनाइने प्रचलन भएको तर नेपालमा नभएकोले त्यसको सुरुवात गर्न सके चिकित्सा क्षेत्रमा प्रोत्साहनको नयाँ अध्याय सुरु हुनसक्ने सुझाव विज्ञहरुबाट प्राप्त भएपछि मन्त्री बस्नेतले मन्त्रालयले चाडै सेतो कोट दिवस मनाउने बिययमा विज्ञहरुसँग थप सल्लाह लिएर निर्णय गरिने जानकारी दिए ।

बस्नेतले भने,सेतो कोट दिवस मनाउने बिषयमा छिट्टै विज्ञहरुसँग छलफल गरेर कहिले र कसरी मनाउने बिषयमा छलफल गरेर मन्त्रालयले मिति तोक्ने छ । स्वास्थ्य मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विपन्न विरामीको सहज उपचारको व्यवस्था गर्नका ध्यान केन्द्रीत गरेको बताउदै देशका विभिन्न सरकारी अस्पतालमा २५ सय भन्दा जनरल वार्ड निशुल्क गरिसकिएको र केही दिनमै देशभरिकै सबै संघीय अस्पतालहरुमा जनरल वार्ड विपन्नका लागि निशुल्क गरिने दावी गरे ।

मन्त्री बस्नेतले जनताको उपचार थप सहज बनाउन वीर अस्पतालले आउदो साउन १ गतेदेखि बिहान ८ बजेदेखि नै सेवा सुरु गर्न निर्देशन दिएको बताए । मन्त्री बस्नेतले भने, साउन १ गतेदेखि बिहान ९ बजेको सट्टा ८ बजेदेखि नै चिकित्सकले सेवा दिन थाल्नेछन ।

कार्यक्रममा पुस्तकका लेखक डा. भोला रिजालले आफुले सिकेका, बुझेका र अनुभव गरेका कुरा पुस्तकमा समावेश गरिएको बताए । नयाँ पिढीले केही सिकून भन्ने अभिप्रायले सेतो कोट लेखेको डा. रिजालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार