• शनिबार, साउन ९ २०८३

डा‍‍. भोला रिजालको ‘सेतो कोट’ लोकार्पण


आइतबार, असार २४ २०८०
1.2K
Shares

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा। भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका विच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सक तथा कलाकारहरूमार्फत पुस्तक लोकार्पण गरिएको हो ।

डा। रिजालले आफुले सिकेका, बुझेका र अनुभव गरेका कुरा पुस्तकमा समावेश गरिएको बताए । नयाँ पिढीले केही सिकून भन्ने अभिप्रायले सेतो कोट लेखेको डा। रिजालले बताए ।

पुस्तकमा चिकित्सा पेशा, चिकित्सा शिक्षा र आचारसंहिताको व्याख्या गरिएको छ। पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने नभइ अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ। डा। रिजालले पुस्तकमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार वारे उल्लेख गरेका छन् ।

डा। रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तु औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आउदो वर्षदेखि मन्त्रालयले चिकित्सा क्षेत्रमा कार्यरत सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने बताएका छन् ।

कार्यक्रममा डा. सुरेन्द्र केसीले पुस्तकको समिक्षा गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कर्मी, कलाकार, साहित्यकार लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार