• शनिबार, साउन ९ २०८३

ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना


शनिबार, असार २३ २०८०
1.1K
Shares

काठमाडौँ । नेपालबाट अमेरिका गएर न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा बसेका नेपाली भाषी व्यवसायीहरूले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् ।

नेपाली मुलका व्यवसायीहरूलाइ एकजुट बनाउँदै हक र हितका लागि काम गर्न संस्था स्थापना गरिएको अध्यक्ष प्रदीप श्रेष्ठले बताए ।

८ महिना अघि दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा छलफल गरि संस्था स्थापनाको अवधारणा अघि बढाइएकोमा अहिले दर्ता प्रकृया पुरा गरेर हाल प्रदिप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

संस्थाका सदस्यहरूमा नविन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।

त्यस्तै गरि सदस्यीय सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन्द्र जिसी, डा.विनोद शाह, नविन शेरचन, नवराज केसी, पासांग नुरु शेर्पा र जंग बहादुर बम छन् ।

तदर्थ समितिले तीन महिना भित्र सदस्यता बितरण गरेर अधिवेशन गर्नेगरि काम शुरु गरेको छ । हालको लागि आइआरएसबाट EIN लिएर व्यवसाय संचालन गरि रहेका व्यवसायीहरुले सदस्यता लिन सक्ने तदर्थ समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार