National Examinations Board (NEB) Nepal. Photo: NEB
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजामा ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचामा पुनर्योग का लागि आवेदन दिन सक्नेछन् ।
पुनर्योग का लागि बोर्डको कार्यालय वा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा आवेदन दिन सकिनेछ । यसकालागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले निर्देशन दिएको छ ।