काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को ग्रेडवृद्धि परीक्षा आगामी साउन २६ र २७ गते गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते शनिबार सूचना जारी गर्दै ग्रेडवृद्धि (पूरक) परीक्षाबारे जानकारी दिएको हो ।
बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थी तथा बढीमा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिका लागि आगामी साउन २१ गतेभित्र फारम भरेर विद्यालयमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्नुपर्ने छ ।
परीक्षा रद्द भएका परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र ग्रेडवृद्धि परीक्षा दिनुपर्ने विद्यार्थीले जुनसुकै विषयको भए पनि परिक्षा संचालन हुने पहिलो दिनमै परीक्षा दिनुपर्नेछ ।
