काठमाण्डौं । वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जनालाई कास्कीमा प्रहरीले पक्राउ गरेकाे छ ।
वन रक्षक पदको परीक्षामा पोखरा महानगरपालिका १५, स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको परीक्षामा अर्काको नाममा नक्कली परिक्षार्थी बनि परिक्षा दिने क्रममा तीन जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोट रास्कोट नगरपालिकाका बस्ने १९ वर्षीय प्रेम भण्डारी, २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक युवक छन् ।
परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।