• शनिबार, साउन ९ २०८३

एसईई ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा


शुक्रबार, असार २२ २०८०
1.7K
Shares

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो ।

एसईईमा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

ग्रेड इ र डीले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनसक्ने छन् ।

ग्रेड वृद्धि परीक्षाको सम्बन्धमा केही दिनमा निर्णय गरी सूचना जारी गरिने शर्माले बताए ।

यो वर्षको एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड (एनजी) अङ्क ल्याएका छन् । त्यस्तै २ हजार २०० जा विद्यार्थीको ‘इ’ ग्रेड आएको छ । त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् ।

इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिन पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार