• शनिबार, साउन ९ २०८३

११ कक्षाको छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई काठमाडौं महानगरकाे निर्देशन


शुक्रबार, असार २२ २०८०
1.3K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरी विवरण बुझाउन निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा यसईई को नतिजा हिजो प्रकाशन भइसकेकोले उक्त परीक्षामा पास भएर कक्षा ११ मा काठमाडौं महानगरपालिका भित्र अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिका आफैले सञ्चालन गर्न लागेको हो ।

‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउन भनेको छ ।

क्यूआर स्क्यान गरेर प्राप्तहुने गुगल फर्ममा सोधिएका विवरण भर्न सकिने महानगरले महानगरले जनाएको छ ।
त्यस्तै महानगरले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्दा शिक्षण संस्थाहरूले छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेकोले देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ।

यस सन्दर्भमा काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार