• शुक्रबार, भाद्र १९ २०८३

शनिबारमात्रै १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्याे


शनिबार, जेष्ठ १७ २०७७
915
Shares

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ।

कोरोना संक्रमणका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

शनिबारमात्रै टेकु अस्पतालबाट २ पुरुष ५ दिनमा र सशस्त्र अस्पतालबाट ११ जना १० देखि १५ दिनमा डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार