• शनिबार, साउन ९ २०८३

एसईई परीक्षाको नतिजा सार्वजनिक, ए प्लस जीपीए ल्याउने २२ हजार ४७५ विद्यार्थी


बिहिबार, असार २१ २०८०
1.4K
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये ए प्लस जीपीए अंक ल्याउने २२ हजार ४७५ विद्यार्थी रहेका छन् । जुन गत वर्षको भन्दा ४।६३ प्रतिशत रहेको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।

यि माध्यमबाट हेर्नुहाेस् एसइई काे नतिजा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार