• शनिबार, साउन ३० २०८३

काेराेनाबाट ३ लाख ६६ हजारकाे मृत्यु, ६० लाख ३० हजार बढीमा संक्रमण


शनिबार, जेष्ठ १७ २०७७
780
Shares

कोरोना भाइरसबाट विश्वभर ६० लाख ३० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३ लाख ६६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

तर संक्रमितमध्ये २६ लाख ५९ हजार जनाभन्दा बढी निको भएका छन्।

विश्वभरको कोरोना संक्रमणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने वेबसाइट वर्ल्डओमिटरको तथ्यांकअनुसार नेपाली समय शनिबार बिहान ८ः१५ सम्म कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ६० लाख ३० हजार २ सय ९४ पुगेको छ भने तीमध्ये ३ लाख ६६ हजार ८ सय ९ जनाको मृत्यु भएको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकामध्ये २६ लाख ५९ हजार २ सय ५० जना निको भइसकेका छन्।

अहिले विश्वमा कोरोनाबाट सबैभन्दा बढी पीडित अमेरिका बनेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार