• शनिबार, साउन ९ २०८३

पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप नेपाल ल्याइयो


बुधबार, असार २० २०८०
2.4K
Shares

पाठेघरको क्यान्सर विरुद्ध प्रयाेग हुने एचपिभी खोप नेपाल ल्याइएको छ ।

नेपालले चीनबाट खरिद गरेर ल्याइएको २० हजार भाइल खोप मंगलबार काठमाडौं आइपुगेको हो ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी खोप काठमाडौं ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाउन समन्वय भइरहेको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ ।

९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप महँगो भएकाले यो खोप हाल सरकारले ट्रायलका रूपमा मात्रै खरिद गरेको हो ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

अध्ययनका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम ९० प्रतिशतसम्म घटाउँने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार