• शनिबार, साउन ९ २०८३

राष्ट्रपति आफैंले बेहोर्न चाहेको उपचार खर्च सरकारलेनै बेहोर्याे


मंगलबार, असार १९ २०८०
1K
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार गराउदा लागेको खर्च सरकारलेनै बेहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को असार १२ को बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।

यसअघि स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयले वैशाख १९ गते उपचार खर्च स्वयमले बेहोर्न चाहेको जानकारी दिँदै वक्तव्य जारी गरेको थियो ।

काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार