काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाकाे बैठकमा निर्णयार्थ प्रस्तुत गरीएकाे साे विधेयककाे प्रस्ताव बहुमतले पारित भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि प्रस्ताव पेश गरेका थिए ।
विधेयक पारित हुनु अघि सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।