गाेरखा । केन्द्र सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि गोरखामा ४ अर्ब ४ कराेड १३ लाख रुपैया बजेट बिनियाेजन गरेकाे छ । दुई नगरपालिका सहित ९ गाउँपालिकालाई बिभिन्न शिर्षकमा सरकारले साे बजेट छुट्याएकाे हाे ।
आगामि आर्थिक बर्ष २०७७।०७८ का लागि वित्तीय समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी ११ स्थानिय तहलाई ४ अर्ब ४ कराेड १३ लाख रकम विनियोजन गरेको हो ।
जिल्लामा सबैभन्दा बढी गोरखा नगरपालिका र सबैभन्दा कम चुमनुब्री गाउँपालिकाले बजेट पाएका छन् ।
गोरखा नगरपालिकाले आगामी बर्षका लागि संघीय सरकारबाट ५५ करोड ४६ लाख रुपैयाँ बिनियोजन गरेको छ भने पालुङटार नगरपालिकाकाले ४९ करोड ७१ लाख रुपैयाँ पाएकाे छ ।
त्यसैगरी सिरानचोक गाउँपालिकाका लागि ४० करोड ८७ लाख बिनियोजन गरेको छ । अजीरकोट गाउँपालिकालाई २७ करोड ७५ लाख, बारपाक सुलीकोट गाउँपालिकालाई ३९ करोड ७६ लाख बिनियोजन गरेको छ ।
त्यस्तै गरी धार्चे गाउँपालिकामा कूल २४ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ । चुमनुब्री गाउँपालिकालाई १९ करोड ४० लाख रुपैयाँ, आरुघाट गाउँपालिकालाई ३४ करोड ४८ लाख रुपैयाँ, भीमसेन गाउँपालिकाका लागि ३५ करोड ८२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
शहीद लखन गाउँपालिकाका लागि संघीय सरकारबाट ३७ करोड ३२ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै गण्डकी गाउँपालिकाका लागि ३९ करोड ३१ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
