काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।
बोर्डले यस बर्ष पुरानो निर्देशिका र पुरानै पाठ्यक्रम अनुसार पढाइ भएको अन्तिम शैक्षिक सत्र भएकाले नतिजा पनि पुरानै ग्रेडिङ अनुसार सार्वजनिक गर्ने जनाएको छ ।
सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनेहरुलाई मात्र ग्रेडिङमा समावेश गर्ने व्यवस्था गरेको छ । यस भन्दा अंक ल्याउन ल्याउनेको प्रमाणपत्रमा नै एनजी अर्थात् नन ग्रेडेड लेखिने, मूल प्रमाणपत्र नै नपाउने र कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा व्यवस्था छ ।
बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा अक्षरांकन ग्रेडिङ विधि लागू गर्नेछ ।
गत चैत १७ देखि २९ गतेसम्म संचालित एसइई परीक्षाको नतिजा प्रकाशनको लागि अन्तिम काम भइरहेको र आगामी शुक्रबारसम्ममा नतिजा प्रकाशन गने बोर्डकाे तयारी छ ।
यस बर्षको एसइईमा करिब पाँच लाख विद्यार्थी सहभागी थिए ।