काठमाडौं । वीर अस्पतालमा २५ शय्याको अत्याधुनिक जलन उपचार कक्ष साउनभित्रै सञ्चालनमा आउने भएको छ ।
नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने भएको हो ।
स्वास्थ्य मन्त्रालयले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न दुई करोड ५० लाख बजेट छुट्याएको जनाएको छ ।