• शनिबार, साउन ९ २०८३

विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम

चालु आर्थिक वर्ष को साढे एघार महिनामा झण्डै साढे सात लाख नेपाली विदेशिए


मंगलबार, असार १९ २०८०
3.4K
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघिको रेकर्ड यसवर्ष तोडिएको हो ।

आर्थिक वर्ष २०७१/७२ वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ९३ हजार ३२ जना रहेकोमा चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी छदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागले जानकारी दिएको छ ।

यो संख्या आर्थिक वर्ष २०७१/७२ भन्दा ४७  हजार बढी हो । आर्थिक वर्ष सकिन थप १५ दिन बाँकी रहेकाले यो संख्या साढे सात लाख नाघ्ने अनुमान विभागले गरेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८८७ जनाले नयाँ श्रम स्वीकति लिएको र पुनः श्रम स्वीकति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार