काठमाडौं । आज गुरुको सम्मानमा पुरुपूर्णिमा पर्व मनाइदै छ ।
हरेक बर्ष आषाढ शुक्ल पूर्णिमाको दिन मनाइने यस पर्बमा शिक्षा, ज्ञान, मार्गदर्शन र मन्त्र प्रदान गर्ने गुरुको सम्मानमा गुरुपूर्णिमा मनाइन्छ ।
महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीको अवसर पारेर वैदिक कालदेखिनै हरेक असार शुक्ल पूर्णिमाको दिन गुरुपूर्णिमा मनाइँदै आएको छ ।
सनातन हिन्दु सँस्कृतिमा गुरुलाई भगवानको स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र, वेदका मन्त्र सुनाउने र ज्ञान र मार्गदर्शन गर्ने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ ।
आजको दिन विभिन्न विद्यालय एवं शिक्षण संस्थाले बिभिन्न कार्यक्रम गरी गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।