• शनिबार, साउन ९ २०८३

कक्षा ११ को निजी विद्यालयको छात्रवृत्तिका लागि काठमाडौं महानगरले आफैँ परीक्षा लिने


आइतबार, असार १७ २०८०
2.2K
Shares

काठमाडौं । निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका छन् ।

शैक्षिक सत्र २०८० ऽ ०८१ देखि महानगरले आफैँ परीक्षा सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार