• शनिबार, साउन ९ २०८३

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह


आइतबार, असार १७ २०८०
1.2K
Shares

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ ।

मन्त्रालयले आइतबार सूचना निकाल्दै जङ्गली च्याउ विषालु हुनसक्ने भएकाले नछुन र नखान आग्रह गरेको छ।

जङ्गली च्याउ खाँदा मृत्युसमेत हुनसक्ने खतरा भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । जङ्गली च्याउमा हुने विष पकाउँदासमेत कम नहुने भन्दै मन्त्रालयले नखान अनुरोध गरेको हो। वर्षायाममा जङ्गली च्याउ जताततै उम्रिने गर्छ ।

केहि दिन अघि जङ्गली च्याउ खाँदा ओखलढुंगाका एक व्यक्तिको ज्यान गएको घटना सार्बजनिक भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार