काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव दुइ प्रतिशतले घटेको छ ।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर घटेको देखाएको हो ।
प्रजनन दर यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो । योभन्दा अघिदेखि नै यो दर घट्दै गएर अहिलेको तहमा आइपुगेको हो ।
तथ्यांकअनुसार सन् २०११ मा नेपालको प्रजनन दर २.६ थियो । त्यसअघि सन् २००६ मा ३.१, सन् २००१ मा यो दर ४.१ र सन् १९९६ मा यो ४.६ थियो । पछिल्लो डेढ दशकको अन्तरालमा प्रजनन दर घट्दै गएर प्रतिस्थापन दरमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जन्मदर घटे देशलाई आवश्यक जनशक्ति नपुग्ने अवस्था बन्न सक्ने खतरा रहन्छ ।