• शनिबार, साउन ९ २०८३

एनआरएनए मध्यपूर्व सम्मेलन सम्पन्नः १७ बूँदे घोषणापत्र जारी (घोषणापत्र सहित)


आइतबार, असार १७ २०८०
1.1K
Shares

काठमाडौँ । गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौ सम्मेलन सम्पन्न भएको छ । ओमानको राजधानी मस्कटमा सम्मेलनले १७ बुँदे घोषणापत्र समेत जारि गरेको छ ।

अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन आयोजना भएको हो ।

सम्मेलनमा सुरक्षीत र मर्यादीत वैदेशिक रोजगार, सामाजिक न्यायको लागि सामाजिक सुरक्षाको सुनिश्चिता, सामुहिक लगानी, एनआरएनको संस्थागत विकास लगायतका सवालमा छलफल गरी १७ बुदे “मस्कट घोषणापत्र–२०२३” जारी गरिएको छ ।

सम्मलेलनको अन्त्यमा सम्बोधन गर्दै बिभिन्न दलहरुले एनआरएनएसँग हातेमालो गर्न दलहरुको साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरद शिंह भण्डारी, पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, पुर्व अर्थमन्त्री जनार्दन शर्मा, पुर्व श्रममन्त्री किसान श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार सहेको बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ छ । एनआरएनए को सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको र एकताभावका साथ एनआरएनए लाई हेर्ने बताए ।

लगानिको बाताबरण केके गर्दा तयार हुन्छ त्यो सबै सरकारले गर्छ उनले भने ‘गर्नु पर्ने काम रोकिँदैन, नेपाल निर्माण गर्न काँधमा काँध मिलाएर अघि बढ्न सरकार प्रतिबद्ध छ ।’

यसैगरी श्रममन्त्री शरद सिंह भण्डारीले श्रम क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । एनआरएनएले उठाएका कुरा सम्बोधन गर्न सरकार तयार रहेको र एनआरएनए पनि कार्यन्वयनमा गम्भीर हुन जोड दिए ।

पुर्व श्रममन्त्री किसान श्रेष्ठले एनआरएनएको अधिकारका लागि आफू आन्दोलन गर्नु परे पनि सडकमा आउन तयार रहेको बताए ।

यसैगरी पूर्वमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको पर्याप्त क्षेत्र भएकाले हैसियत अनुसार लगानी गर्न आग्रह गरे ।

घोषणापत्र :

१ – गैरआवासीय नेपाली संघले उठाउँदै आएको वैदेशिक रोजगारीको क्रममा कार्यरत श्रमिक र स्वरोजगारलाई योगदानमा आधारीत सामाजिक सुरक्षामा समेट्ने नेपाल सरकारको निर्णयलाई यो सम्मेलनले सम्मानको साथ हार्दिक स्वागत गर्दछ । वैदेशिक रोजगार बिभागले श्रम स्वीकृति जारी गर्ने वेलामा नै वैदेशिक रोजगारीमा आउने नेपाली श्रमिकलाई सामाकि सुरक्षा कोषमा आबद्ध गरिसकेकोले यसलाई निरन्तरता गर्न सुचिकृत सवै श्रमिकलाई हार्दिक आब्हान गर्दछ । यो कोषमा नेपाली श्रमिकलाई अबद्धता गराउने भुमिका निर्वाह गर्न एनआरएन प्रतिबद्धता गर्दछ ।
२ – यो सम्मलेनले लामो समयदेखि विदेशमा कार्यरत नेपाली श्रमिकको श्रम नविकरण गर्ने बेलामा सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत गरी अविलम्ब नेपाली दूतावास र स्थानीय तहबाट श्रमिक तथा उनीहरुका परिवार मार्फत नै कोषमा योगदान गर्न मिल्ने ब्यवस्था मिलाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछ । साथै, बिदेशमा कार्यरत नेपाली श्रमिकको परिवारले सामाजिक सुरक्षा कोषमा आबद्ध भए नभएको ध्यान पु¥याउन परिवार समक्ष आग्रह गर्दछ ।
३ – विदेशमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित प्रत्याभुति गर्न थप प्रभावकारी कार्यक्रम ल्याउन यो सम्मेलन सामाजिक सुरक्षा कोषलाई हार्दिक अनुरोध गर्दछ ।
४ – यो सम्मेलनले इराकमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन नेपाल सरकारसमक्ष आग्रह गर्दछ । साथै, बिभिन्न कारणवस श्रम स्वीकृति नलिई खाडी क्षेत्रमा रहेको अवसर प्राप्त गरी कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।
५ – खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको एमआरपी राहदानीको अबधी समाप्त भई विद्युतीय राहदानी वनाउनेक्रममा श्रमिकलाई ठुलो समस्या देखिएको छ । यसलाई तुरुन्त समाधान गर्न नेपाली दूतावास र महाबाणिज्य दूतको कार्यालयलाई आवश्यक जनशक्ति, श्रोत र साधान उपलब्ध गराई अधिकतम घुम्ती शिविर सञ्चालन गराउने ब्यवस्था मिलाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ । यो शिविर सञ्चालनमा सहयोगी भुमिका निर्वाह गर्न एनआरएन प्रतिबद्धता जनाउदछ ।
६ – यो सम्मेलनले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध गराउदै आएको आर्थिक साहयता कम्तीमा १५ लाख रुपैया उपलब्ध गराउने ब्यबस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्दछ । साथै, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अबधी समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले बोर्डबाट उपलब्ध राहत रकम नपाएकोप्रति यो सम्मेलन गम्भिर ध्यानाकर्षण जनाउदै त्यस्ता प्रकृतिका श्रमिकका परिवारलाई अर्थमन्त्रालयबाट उचित राहत रकम उपलब्ध गराउने ब्यवस्था मिलाउन सरकारसमक्ष माग गर्दछ । वोर्ड मार्फत जेलमा रहेका नेपाली श्रमिकको लागि उपलब्ध गराइने कानुनी सेवालाई प्रभावकारी वनाउन विद्यमान कार्यबिधिलाई शंशोधन गर्न यो सम्मेलन आग्रह गर्दछ ।
७ – खाडीको सबैभन्दा ठुलो समस्या रहेको घरेलु श्रमिकलाई सधै कानुनी बाटो बाहिर राखिराख्नु हुदैन । दोश्रो बाटो भएर घरेलु श्रमिकको ओसारप्रसार भइरहेको हुदा यसलाई ब्यवस्थीत गर्नु आवश्यक भइसकेको छ । घरेलु श्रमिकको सुरक्षाको सुनिश्चित हुने गरी वलियो श्रम सम्झौता गरी न्यायोचित भर्ना प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष आग्रह गर्दछ ।
८ – गैरआवासीय नेपाली संघले स्थापना गरेको एकसय मिलियन डलरको सामुहिक लगानी कोषमा मध्यपुर्वमा कार्यरत नेपालीलाई अभिप्रेरित गर्न अनुरोध गर्दछ । साथै संघले विदेशमा कार्यरत नेपाली श्रमिकको कल्याणकारी कार्यको लागि वनाइएको वैदेशिक रोजगार कोषमा रेमिट्यान्स पठाउदा रेमिट्यान्स कम्पनीले प्राप्त गर्ने कमिसनको दुई पैसा जम्मा गर्न राष्ट्र बैकसमक्ष आग्रह गर्दछ ।
९ – निर्वाचन आयोगले प्रवासमा रहेका नेपालीहरुलाई आगामी निर्वाचनमा मतदानमा भाग लिन पाउने गरि विदेशस्थित नेपाली दुतवास मार्फत मतदाता नामावली संकलन गर्न शुरु गर्ने निर्णयको यो सम्मेलन स्वागत गर्दछ । साथै यथासिघ्र प्रवासबाट नै मतदान दिने ब्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ ।
१० – नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त गरिएको प्रति नेपाल सरकार समक्ष हार्दिक आभार व्यक्त सहित यसलाई यथाशक्य छिटो कार्यान्वयनमा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछ । संघले स्थापनाकालदेखि उठाउदै आएको एकपटकको नेपाली सधैको नेपाली रहने गरी नेपाली नागरिकताको निरन्तरताको लागि सरकारसमक्ष आग्रह गर्दछ ।
११ – गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनबाट उत्पन्न फरक परिस्थितिलाई समाधान गर्नका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू समक्ष भएको समझदारीलाई पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध रहँदै सम्बन्धित सबैलाई एकताको मुल मर्मलाई आत्मसात गर्दै एकजुट भई अघि बढ्न यो सम्मेलन आवहन गर्दछ ।
१२ – प्रवासमा रहेका नेपालीबाट बैधानिक माध्यमबाट मुलुकमा विप्रेषण पठाउनको लागि प्रोत्साहन गर्न आकर्षक सुबिधाहरु दिने सहित कार्यक्रमहरु ल्याउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।
१३ – लामो समयदेखि खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकले सिकेको सीपको बिकास, पुजीको संरक्षण गर्दै स्वदेशमा नै स्थापित हुने कार्यक्रमहरु ल्याउन संघीय, प्रदेश र स्थानीय तहको सरकारलाई यो सम्मेलन हार्दिक अनुरोध गर्दछ । सीप युक्त जनशक्ति उत्पादन तथा उद्यमशीलता विकासको लागि गैरआवासीय नेपाली संघ सँगको सहकार्यमा सातै प्रदेशमा व्यवसायीक तालिम केन्द्रहरू स्थापना गर्न नेपाल सरकारसँग यो सम्मेलन आग्रह गर्दछ । यस्ता तालिम केन्द्रहरुको बिकासको लागि गन्तब्य देशका सरकारहरुलाई समेत सहभागी गराउन आग्रह गर्दछ ।
१४ – नेपालको पर्यटन व्यवसायलाई प्रर्वधन गर्नको लागि विदेशस्थित कुटनीतिक नियोग, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा नेपालमा पर्यटकको संख्यालाई वृद्धि गर्न गैरआवासीय नेपाली संघले अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१५- साना सानो रकम रेमिट्यान्स पठाउने श्रमिकको रकम बचत तथा त्यसलाई उत्पादक मूलक क्षेत्रमा लगानी गर्न सामूहिक लगानीको लागि प्राधिकरण गठन गर्न आग्रह गर्दछ । प्राधिकरणमा रेमिट्यान्स पठाउनेले १० प्रतिशत लगानी गर्ने र त्यसमा २ प्रतिशत रकम सरकारले प्रोत्साहन स्वरूप लगानी गर्न आग्रह गर्दछ ।
१६-यो सम्मेलन दुई बर्षको अबधीको सट्टा एकसय ८२ दिनलाई एनआरएन हुने योग्यता कायम गर्न सरकार समक्ष माग गर्दछ ।
१७-सामाजिक सुरक्षा कोषमा समाहित भएका श्रमिकहरुका हकहितका लागि स्थापना गरिएको सामाजिक सुरक्षा कोषमा नेपाल सरकार संग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले तत्कालै रु एक करोडको राशी सामाजिक सुरक्षा कोष राख्ने प्रतिवद्धता जाहेर गर्दछ ।

अन्त्यमा, यो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थिति जनाउनुभएकोमा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माननीय पूर्ण बहादुर खड्का, विशेष अतिथिहरु, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारी, पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, पूर्व मन्त्री माननीय जनार्दन शर्मा, पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ, सरकारी प्रतिनिधिज्यूहरु,मध्य पूर्व क्षेत्रका महामहिमज्यूहरु, आयोजक राष्ट्र ओमान, प्रायोजकहरु सञ्चारकर्मी लगायत विश्वभरिबाट पाल्नुभएका गैरआवासीय नेपाली संघका अभियन्तामा यो सम्मेलन हार्दिक आभार व्यक्त गर्दछौँ ।

गैरआवासीय नेपाली संघ,
३० जुन २०२३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार