• सोमबार, साउन ११ २०८३

काठमाण्डौ र महोत्तरीका लकडाउन पिडितलाई सोच नेपालले दियो ‘राहत’


शुक्रबार, जेष्ठ १६ २०७७
710
Shares

राजेन्द्र कोइराला
काठमाण्डौ । मानवादी समाज (सोच) नेपालले काठमाण्डौ र महोत्तरीका विपन्न वर्गलाई खाद्दान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी रोकथाम र संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा पिडित बनेका काठमाण्डौ र महोत्तरीका विपन्न तथा मजदुरहरुलाई सो संस्थाले राहत स्वरुप खाद्दान्नका लगायतका सामाग्री वितरण गरेको हो ।

महोत्तरीको पशुपति नगर स्थित मुसहर बस्तीका ३३ घर धुरीलाई खाद्यान्न वितरण गरेको सोच नेपालका कार्यक्रम संयोजक अप्सरा कार्कीले जानकारी दिइन् । । ग्रोइङ्ग नेपाल फाउण्डेसनको आर्थिक सहयोगमा सो संख्याका परिवारलाई दाल, चामल, मसला, तेल, नुन लगायतका अत्यावस्यक सामाग्री वितरण गरेको कार्कीको भनाई छ ।

आयस्रोत नभएका मुसहर बस्तीका ३३ परिवारको दैनिकीमा सहयोग पु¥याउने उदेश्यले राहत दिइएको संस्थाले जनाएको छ । सो कार्यमा स्थानिय समाजसेवी भिम बहादुर आले मगरले संयोजन गरेका थिए ।

त्यस्तै सोच नेपालले काठमाण्डौं स्थित बुढानीलकण्ठ नगरपालिकाका अपांग, विरामी, मजदुर, एकल महिला लगायत गरी सात परिवारमा राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।

गैसस महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलको संयोजनमा सो परिवारलाई चामल, तेल, नुन, ग्यास लगायतका सामाग्री दिइएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार