• शनिबार, साउन ९ २०८३

नयाँ शिक्षा ऐन माग गर्दै समाजवादी विद्यार्थी युनियनको प्रदर्शन


आइतबार, असार १७ २०८०
1.1K
Shares

काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनले काठमाण्डौंमा बिरोध प्रदर्शन गरेका छन् ।

चरणबद्ध संघर्षको सुरुवात गर्दै शनिबार युनियन आबद्ध विद्यार्थीहरूले माइतीघरमा २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न र तत्काल नयाँ शिक्षा ऐन जारी गर्न माग गरे ।

प्रदर्शनमा सहभागीहरूले ‘पञ्चायती ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गर’ लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले शरीरमा ‘सबै विद्यार्थीको एउटै प्रश्न, पञ्चायी शिक्षा ऐन कहिलेसम्म ? ’ नारा लेखाउँदै अर्धनग्न प्रदर्शन गरे ।

बिरोध कार्यक्रम अन्तर्गत आइतबार देशभरबाट शिक्षा मन्त्री अशोक राईलाई नयाँ शिक्षा ऐनको माग गर्दै एसएमएस गर्ने र सोमबार सबै संघीय सांसदलाई ऐनको माग गर्दै पत्राचार गर्ने कार्यक्रम रहेको अध्यक्ष चापागाईंले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार