• शुक्रबार, साउन ८ २०८३

भ्रष्टाचारविरूद्धकाे अनुसन्धान निरन्तरः प्रधानमन्त्री


शनिबार, असार १६ २०८०
920
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले निरन्तरता पाउने बताएका छन् ।

शनिबार दिउँसो पोखरामा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्धको अभियानले थप तीव्रता पाउने बताएका हुन् ।

प्रधानमन्त्रीले भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै यसको यसका लागि सरकार दृढताका साथ अगाडि बढेको उनले बताए।

उनले प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशन गरिरहेको जानकारी दिए ।

अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो तर सकारात्मक लयमा फर्किएको समेत उनले बताए ।

भारत भ्रमणको प्रसंग निकाल्दै प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक भएको र राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताए । भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्नु महत्वपुर्ण कुरा भएको बताए । उनले चीन भ्रमणको पनि तयारी भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार