काठमाडौँ । काठमाडौं नीजि क्षेत्रबाट सञ्चालित मेडिकल कलेज तथा शिक्षालयका सञ्चालकहरूले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएका छन् ।
चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिमार्फत आयोगका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै १५ बुँदे माग ७ दिनभित्र माग सम्बोधन गर्न समय दिएका छन् ।
आयोगले देशभरका चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहको शुल्क निर्धारण गर्दा नीजि शिक्षण संस्थाहरू तथा सार्वजनिक शिक्षण संस्थाहरूको लागि एउटै शुल्क निर्धारण गर्दै आएको र सार्वजनिक वा सरकारी सम्पत्ति प्रयोग गरी सन्चालित सार्वजनिक वा सरकारी संस्था र नीजि शिक्षण संस्थाहरूमा समान शुल्क न्यायोचित नभएको आरोप उनिहरुले लगाएका छन् ।
स्तरउन्नतिको प्रतिक्षामा सास्ती खेपिरहेका शिक्षण संस्थाहरूको स्तर उन्नति सम्बन्धी प्रक्रिया तुरून्त सम्पन्न गरी सीटीईभीटि ऐन अनुसारको मापदण्डको आधारमा सञ्चालित प्रमाणपत्र तहको भर्ना अवरुद्ध भएका ७३ वटा नर्सिङ कलेजको भर्ना विना सर्त यस शैक्षिक वर्षमा विद्यार्थी भर्ना गर्ने वातावरण सिर्जना गर्न समेत उनीहरूले माग गरेका छन् ।