• शनिबार, साउन ९ २०८३

एक मत नपुग्दा ढल्यो कोशी प्रदेशकाे सरकार


शुक्रबार, असार १५ २०८०
1.2K
Shares

काठमाण्डाै ।  एक मत नपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेत्रीत्वकाे सरकार ढलेकाे छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीले ४६ मत प्राप्त गरे ।

बर्तमान सरकार ढले पछि नया सरकार गठन झन कठिन देखिएकाे छ । कार्कीले प्राप्त गरेकाे मत एमाले र राप्रपाको मत हो ।

विश्वासको मत लिने बेलामा विपक्षमा ४३ मत खसे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग सभामुख सहित ४७ मत छ । सभामुख निर्णयक भएका कारण गठबन्धन दललाई बहुमत जुटाएर सरकार बनाउने आश छ ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका सभामुख सहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

विश्वासको मत दिँदा एक सांसद रहेको जसपा निर्वाचन प्रक्रियामा तटस्थ बस्यो ।

नयाँ सरकार गठनका लागि राप्रपा निर्णायक बन्ने भएकाे छ । कार्कीकाे पक्षमा विश्वासको मत एमालेलाई दिएको राप्रपाले आगामी सरकार गठनमा के निर्णय गर्छ भन्ने कुराले ठुलाे अर्थ राख्ने भएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार