• शनिबार, साउन ९ २०८३

निजी बिद्यालयका शिक्षकलाइ सामुदायिक सरहको तलब सुविधा दिनु : बालेन शाह


बिहिबार, असार १४ २०८०
2.3K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका निजी विद्यालयका शिक्षकलाई सामुदायिक सरहको तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मेयर शाहले निजि विद्यालया शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको तर शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन् ।

उनले सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने तलव सुविधानै उल्लेख गरेर काठमाडौं महानगरपालिको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ । सोही बमोजिमको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेका छन् ।

सामुदायिक सो सरहको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न मेयर शाहले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार