• शनिबार, साउन ९ २०८३

११ दिन पछि राष्ट्रपति अस्पतालबाट डिस्चार्ज


बुधबार, असार १३ २०८०
1.6K
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

असार २ गते उपचारका लागि त्रि वि अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपतिको छातीमा पेस मेकर राखिएको थियो ।

राष्ट्रपति आज स्वास्थ्य लाभ गरी राष्ट्रपति निवास फर्किएको तथा हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार