• शनिबार, साउन ९ २०८३

‘असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास’


बुधबार, असार १३ २०८०
1.4K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास असार महिनाभित्र नै गरिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नका जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

‘मैले यसै महिना भित्र बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउनका निम्ति कार्यालय उद्घाटन गर्ने र शीलान्यास प्रक्रियापनि सम्पन्न गर्न मैले सम्बन्धित अधिकारीलाई भनेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ । यसै महिना भित्र बुढीगण्डकी परियोजना अघि बढाउने नयाँ कार्यालयको उद्घाटन हुन्छ । मैले भन्ने त्यही हो ।’ दाहालले संसदमा भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार