काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले शैक्षिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस अघी भोग्नु परेको विध्यार्थीहरूले समयमा पाठ्यपुस्तक नपाउने समस्या यसपालि नरहेको बताए, उनले हुम्लादेखि ताप्लेजुङसम्म समय अगावै पाठ्यपुस्तक पुगेको बताएका हुन्।
सम्बोधनका क्रममा शैक्षिक सत्र सुरू हुनुअगावै दुर्गम जिल्लाहरूका सामूदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको र भर्नाकै दिन कलिला विद्यार्थीहरूले मुस्कुराउँदै किताब समातेका सुन्दर तस्बिरहरू समाचारमा देख्न र पढ्न पाएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले विगतमा विदेश पढ्न जाने विद्यार्थीले एनओसी लिन मध्यरातदेखि भक्तपुरको सानोठिमीमा कम्बल बोकेर लाइनमा बसेका समाचार आउने गरेकोमा आफू नेतृत्वको सरकारले अन्त्य गरेको बताए । उनले अहिले त्यो सर्टिफिकेट आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने तथा यसले विद्यार्थीहरूमा नयाँ आशा भरोसा र हौसला बढेको समेत बताए