काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लाग गर्न निर्देशन दिएका छन् । विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै दाहालले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका हुन् ।
मङ्गलबार त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण समेत गराए ।
प्रधानमन्त्री दाहालले भने, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’’