• शुक्रबार, साउन २९ २०८३

अनलाइन र टोकन प्रणाली तत्काल लागू गर्न कोशी अस्पताललाई मन्त्री बस्नेतकाे निर्देशन

विपन्न विरामीकालागि शैया नि:शुल्क गर्ने अभियानमा स्वास्थ्य मन्त्री बस्नेत


बुधबार, असार १३ २०८०
1.2K
Shares

काठमाडौँ-  अनलाइन र टोकन प्रणाली लागू गर्न कोशी अस्पताललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रशासनलाई निर्देशन दिएका छन् ।

मंगलबार आकस्मिक निरीक्षणका क्रममा विराटनगरस्थित कोशी अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले ओपिडी र टिकट काउण्टरमा अत्यधिक भीड देखेपछि कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहलाई सर्वसाधारणहरूलाई सजिलो र सुलभ रूपमा स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिए ।

निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, न्याम्सका उपकुलपति लगायत मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए । मन्त्री बस्नेतले कोशी अस्पतालको विभिन्न वार्डहरूको निरीक्षण गर्नुका साथै अस्पतालको समस्याहरूबारे जानकारी लिएका थिए ।

यसैबीच राजधानी बाहिर संघीय सरकार अन्तर्गतको विराटनगरस्थित कोशी अस्पतालमा ३ सय ३० बेड नि:शुल्क गरिएको छ । गरिब, असहाय र विपन्न नागरिकहरूको नि:शुल्क उपचार गर्ने सरकारको दायित्व भएकाले मंगलबारदेखि आईसियु, एचडियु र क्याबिन बाहेक ३ सय ३० बेड नि:शुल्क र उपचार पनि नि:शुल्क गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले घोषणा गरे ।

नि:शुल्क उपचारका लागि बिरामीहरूले स्थानीय पालिका र वडा कार्यालयको सिफारिस तथा विपन्न नागरिक भएको परिचय पत्र ल्याउनु पर्ने कोशी अस्पतालले जनाएको छ । नि:शुल्क उपचार गर्दा लाग्ने खर्चको भरपाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने बताइएको छ ।

मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, किओच बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताल लगायतका अस्पतालहरुको निरिक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार