काठमाडौँ । संघीय शिक्षा ऐन सम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुने भएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले शिक्षा ऐन सम्बन्धी विधेयक गत असार ४ गते मन्त्रीपरिषद्का पेश गरिएको र स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेश गर्ने जानकारी दिएका हुन् ।
मन्त्री राइले विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थापन लगायत विद्यालय सुधारकालागि आवश्यक धेरै काम यो ऐनले पूरा गर्ने जानकारी सदनलाई गराएका छन् ।