• शनिबार, साउन ३० २०८३

आजमात्रै १७० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १२१२ पुग्याे


शुक्रबार, जेष्ठ १६ २०७७
800
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै बढी हो।

यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन्। त्यस्तै ६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार