• शनिबार, साउन ९ २०८३

ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

पक्राउ पर्नेको संख्या सात पुग्यो


मंगलबार, असार १२ २०८०
1.6K
Shares

काठमाडौँ । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । केहि समय अघि डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेका थिए । यो स‌गै पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

यसअघि आजै बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार