काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि बढीमा तीन जनामात्रै जान पाइने भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयलले मंगलबार एक सुचना जारी गर्दै उडानहरुको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिरको सिमित स्थानका कारण यात्रुलाई विदाइ तथा स्वागत गर्न आउने आफन्तको कारण भीड बढेपछि एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको जनाएकाे छ ।
भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णय बमोजिम सुचना जारी गर्दै यस्तो अनुरोध गरेको कार्यालयलले जनाएको छ ।
