गोरखा । लकडाउनकावीच गोरखा नगरपालिकाले गत शैक्षिक सत्रमा लिइएको परिक्षाको नतिजा सार्वजानिक गरेको छ । शैक्षिक सत्र २०७६/७७ मा बाल कक्षादेखि कक्षा ९ सम्म लिइएको परिक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको हो ।
नगरक्षेत्रमा रहेका सामुदायिक तथा नीजि विद्यालयले शुक्रबार एकै दिन नतिजा सार्वजानिक गरेका हुन् । यस बर्ष गोरखा नगरपालिका क्षेत्रभित्र २ हजार २ सय १८ जना विद्यार्थी पालिका स्तरीय परिक्षामा सहभागी भएका थिए ।
जसमा १ हजार १ सय ४७ जना विधार्थी कक्षा ८ मा र १ हजार ७१ विद्यार्थाीले कक्षा ५ को परिक्षा दिएको गोरखा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । कक्षा ८ र ५ को परिक्षालाई पालिकास्तरीय परिक्षाका रुपमा लिने गरिन्छ ।
सामुदायिक र नीजि गरी कक्षा ८ मा ३१ विद्यालयबाट १ हजार १ सय ४७ विद्यार्थी सहभागी हुदा ३ दशमलव ६ देखि माथी ६६ जनाले अंक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म २१३ जना, २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ३ सय ५ जना विद्यार्थी रहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख बाबुराम बरालले सिभिलखबरलाई बताए ।
त्यस्तै २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ३१० जना, २ देखि २ दशमलव ४ सम्म २ सय ८ जना, १ दशमलव ६ देखि २ सम्मको अंक प्राप्त गर्नेमा ३७ जना र सो भन्दा तल अंक प्राप्त गर्ने ८ जना रहेको शुक्रबार प्रकाशित नतिजामा उल्लेख छ ।
त्यस्तै कक्षा ८ मा बढिमा दुई बिषयमा डि प्लस भन्दा तलको ग्रेड हासिल गर्ने विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् । नगरपालिका क्षेत्रमा दुई बिषयमा १ दशमलव ६ भन्दा तल अंक ल्याएका ३ सय ५० विद्यार्थी रहेको र उनिहरु कक्षा ९ मा पढ्नका लागि पूरक परिक्षा दिनुपर्ने शिक्षा प्रमुख बरालले बताए । तर परिक्षा भने लकडाउन खुलेपछि नयाँ शैक्षिक सत्र सुरुवात भए लगत्तै हुने बताइएको छ ।
त्यस्तै पालिका स्तरकै ५ कक्षामा ३३ सामुदायिक र १५ नीजि गरी ४८ विद्यालयबाट १ हजार ७१ विद्याार्थी परिक्षामा सहभागी थिए । जसमध्ये करिब ९० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नगरपालिकाले जनाएको छ । कक्षा ५ मा भने डि प्लस भन्दा तलको ग्रेड प्राप्त गर्नेलाई पुरक परिक्षाको अवसर नभएको बरालको भनाई छ ।
यसैगरि अन्य कक्षाको नतिजा भने विद्यालयलाई नै पठाइएको र आ–आफ्नो विद्यालयले नै सार्वजानिक गरेको बरालले बताए ।
कोरोना भाइरसको संक्रमण जोखिम र लकडाउनका कारण बजारमा पुस्तक समेत नआएकाले नतिजा सार्वजानिकमा ढिलाई गरिएको नगरपालिकाले जनाएको छ ।
‘हामीले रिजल्ट त पहिल्यै रेडी बनाएका थियौ, तर रिजल्ट निकालेपनि विद्यालय र बजारमा नयाँ किताव आउने वातावरण थिएन, छिटो रिजल्ट गर्दा पनि स्टेशनरी पसलहरुमा एकै पटक भिडभाड हुने र जोखिम बढ्ने भएकाले केहि समय पर्खेका हौ’ नगरप्रमुख राजनराज पन्तले सिभिलखबरलाई भने ।
लकडाउनका बिचपनि सरकारले केहिदिन अघि स्टेशनरी ब्यवसायीलाई पास उपलब्ध गराएर नयाँ पुस्तक ल्याउने वातावरण बनाएपछि आफुहरुले नतिजा सार्वजानिक गरेको नगरप्रमुख पन्तले बताए ।
आगामी दिनमा बजारमा नयाँ किताव, कापी लगायतका सामाग्री खरिद गर्दा भिडभाड कम गर्न साथै सामाजिक दुरीको पालना गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।
कक्षा ५ र ८ काे परिक्षा नतिजा हेर्न तलकाे लिङ्क क्लिक गर्नुहाेला ।