काठमाडौँ । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पुनः अनुसन्धान गर्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्युरो ले गुरुङलाई मंगलबार नक्सालस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गुरुङसहित पुर्व कर्मचारीहरु डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।
सिआइबीले २०७८ पुसमा बुझाएको अनुसन्धान प्रतिवेदन तर सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धान गर्नु भनेर फिर्ता पठाएको थियो । डेढ वर्षअघि अनुसन्धानकै क्रममा रोकिएको अनुसन्धान प्रहरीले पुनः अघि बढाएको हो ।
प्रहरीले सम्लग्न अन्यकाे खाेजि गरिरहेकाे जनाएकाे छ ।