काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले मधेश प्रदेश अन्तर्गत रहेका सबै निजी स्वास्थ्य संस्थाहरुलाई असार मसान्त भित्र अनुमती नलिई सञ्चालन गरेमा कारबाही गर्ने भएको छ ।
सार्वजनिक सूचना जारी गर्दै निर्देशनालयले असार मसान्तभित्र अनिवार्य रुपमा स्वीकृति लिन अनुरोध गरेको छ ।
मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका निजी अस्पताल, क्लिनिक, डाइग्नोस्टिक सेन्टर लगायतलाई २०८० असार मसान्त भित्र अनिवार्य रुपमा निर्देशनालयमा सुचिकृत गराउन भनेको छ ।
सूचिकृतका लागि कार्यालयमा नै पुगेर वा कार्यालयको इमेल [email protected] मा कागजपत्र सहितको विवरण पठाउन सकिने जनाएकाे छ ।
