काठमाडौं । मकवानपुरको हेटौंडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १४४ जना कर्मचारी हटाउने भएको छ । आर्थिक अभाव भएको भन्दै प्रतिष्ठानले बिभिन्न शाखामा कार्यरत १ सय ४४ जना कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो।
कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आर्युवेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याव टेकनिसियनलगायत प्रविधिक कर्मचारीगरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन्।
साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचार पनि कटौती गरिने भएको छ।