काठमाडौं । निजामती किताबखानामा दर्ता नभएका कर्मचारीको तलब सरकारले नदिने भएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता भएका निकाय र पदहरु बाहेकका पदमा कार्यरत कर्मचारीको तलब, भत्ता उपलब्ध गराउन नसकिने सरकारले स्पष्ट पारेको हो।
स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालय मार्फत उक्त जानकारी स्थानीय तहसम्मै पठाएको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सातवटा बुँदा कार्यान्वयन गर्न संघीय मामिलालाई अनुरोध गरेको थियो। सोही अनुसार संघीय मामिलाले स्थानीय तहमा उक्त निर्देश्न पठाएको हो।
त्यस्तै कर्मचारीको व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिने र कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गराउन समेत मन्त्रालयले सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रालयले संघीय मामिलालाई परिपत्र गर्दै दोहोरो सहमतिकै आधारमा स्वास्थ्य सेवाका कर्मचारीको अनावश्यक सरुवा नगर्न सुझाव दिएको छ। यसो गर्दा दुर्गममा स्वास्थ्य सेवाका कर्मचारी खाली हुने र सुगममा मात्रै आवश्यकता भन्दा धेरै कर्मचारी थुप्रिने गरेको मन्त्रालयको भनाई छ।
हेर्नुस पत्र
यो पनि पढ्नुहोस
आधारभूत अस्पतालमा चाहिने जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई निर्देशन