• शनिबार, साउन ९ २०८३

केवलकार नजिकै माइक्रोसँग ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गयो


आइतबार, असार १० २०८०
1.4K
Shares

काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन्।

शनिबार दिउँसो बुटवलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ को मनकामना केवलकार नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार