• शनिबार, साउन ९ २०८३

ललितपुर महानगरमा ६ अर्ब ५० करोडको बजेट


आइतबार, असार १० २०८०
1.9K
Shares

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०र८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।

उनका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ललितपुर महानगरले सडक पूर्वाधार, सम्पदा संरक्षणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार