• शनिबार, साउन ९ २०८३

अन्य पालिकालाई ३५ वटा एम्बुलेन्स सहयोग गर्ने काठमाडौं महानगरको घोषणा

आगामी वर्षको बजेट मार्फत उक्त घोषणा


आइतबार, असार १० २०८०
1.7K
Shares

काठमाडौं । देशका अन्य स्थानीय तहलाई ३५ वटा एम्बुलेन्स सहयोग गर्ने काठमाडौँ महानगरपालिकाले घोषणा गरेको छ । आज प्रस्तुत महानगरले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत महानगरपालिकाले उक्त घोषणा गरेको हो ।

यसका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको बताएको छ।

नेपालका विभिन्न गाउँपालिकाहरूका लागि मागका आधारमा उक्त संख्यामा एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने महानगरले बताएको छ।

आर्थिक वर्ष २०८००८१ को बजेटमा समग्र स्वास्थ्य कार्यक्रमतर्फ कुल ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरिएको छ।

महानगरपालिकाको नगर सभाको बैठकमा आइतबार उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डंगोलले बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार