काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन्।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उनले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए।
संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षाजस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागिपरेको बताउँदै उनले सबै नागरिकमा आधारभूत सेवाको प्रत्याभूति हुने गरी काम गरिने बताए। मन्त्री बस्नेतले विकास निर्माण र जनसेवामा राजनीति सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भए पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा जोड दिए।