• आइतबार, साउन १० २०८३

नयाँ बजेट : सरकारी कर्मचारीको भत्ता काटियाे


शुक्रबार, जेष्ठ १६ २०७७
1.3K
Shares

काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सरकारले ल्याएकाे बजेटमा सरकारी कर्मचारीकाे भत्ता काटिएकाे छ ।

कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरिएकाे हाे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहन लगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् ।

प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो घोषणा गर्नुपरेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार